
पोखरा । गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार दिउँसो प्रदेशका ३ वटा जिल्लाका ५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ९ जना, म्याग्दीका १ जना र नवलपुरका ४५ जना रहेका छन् ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ३ का ४५, २४ र २५ वर्षीया महिला, रुपा गाउँपालिका वडा नं.२ का ४ वर्षीय बालक सहित २०, ३१ र ५० वर्षीय पुरुष तथा ८ वर्षीया बालिका सहित २७ वर्षीया महिला, म्याग्दीको बेनी वडा नं.१ की ७६ वर्षीया महिला रहेका छन् ।
यस्तै नवलपुरको कावासोती वडा नं. २१ का ४३, ७५, २८, १७, २०, ३४, ५८, १५, ३३, २३, ४८, ३६, २२, २१, ३६, २५, ४६, ४२, ४९, ४४ र २० वर्षका २१ महिला तथा २०, ३५, २६, २४, २५–२५, ४६, ५५, ६८, ५१, ४४, ८१, ७७, ३५, ६२, ४५–४५, ६०, ३५, ३९, ३३, ४८, ४७ र ६७ वर्षका २४ पुरुष रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ९०३ पुगेको छ ।
