
पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा १५ की ५४ वर्षीया महिलाको बिहीबार दिउँसो ३ बजे मृत्यु भएको हो ।
ती महिला कार्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज बिहान मात्रै सोही अस्पतालमा पोखरा १४ की ६७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११६ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
