पोखरामा कोरोनाले होम आइसोलेसनमा बसेका सहित थप २ जनाको मृत्यु

Share:

पोखरा । पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसारका एक जनाको अस्पतालमा उपचारका क्रममा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. २५ का ७० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा शुक्रबार बिहान ११ः१५ बजे मृत्यु निर्देशनालयले जनाएको छ । ती पुरुषमा कार्तिक १८ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै होम आइसोलेसनमा बसेका पोखरा महानगरपालिका वडा नं.२० का ८३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । कार्तिक २६ गते बुधबार कोरोना पुष्टि भएका ती पुरुषको २७ गते बिहीबार मृत्यु भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: