कोरोनाः शुक्रबार कास्कीका १०७ सहित गण्डकीमा थप १७२ जनामा पुष्टि, ४ को मृत्यु, २० संक्रमणमुक्त

Share:

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ९ वटा जिल्लाका १७२ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका १०७ जना, गोरखाका ३५ जना, तनहुँका ८ जना, स्याङ्जा र नवलपुरका ७/७ जना, पर्वतका ५ जना तथा बाग्लुङ, लमजुङ र म्याग्दीका १/१ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ७५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक सबै पोखरा महानगरका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या ११८ पुगेको छ ।

२४ घण्टामा गण्डकीमा २० जना संक्रमणमुक्त भएका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार ९९९ पुगेको छ ।

हाल प्रदेशमा ४ हजार ९५८ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४६७ परिक्षण भएको छ । हालसम्म ९९ हजार २२९ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: