हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त

280
0
Share:

काठमाडौँ । हाँस्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन्।

११ दिनको अस्पताल बसाईपश्चात संक्रमणमुक्त भई घर फर्किएर आराम गरिरहेको उनले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन्।

उनले आफ्नो उपचारमा संलग्न चिकित्सक तथा अस्पताल परिवार र स्वास्थ्यलाभको कामना गर्ने आफन्त र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । साथै महामारीबाट जोगिन र जोगाउन आग्रह गर्दै दिपावलीको शुभकामान पनि दिएका छन् ।

‘अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पूर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमानदेखि नै धन्यवाद’, उनले भनेका छन्, ‘सकेसम्म यो महामारीबाट आफू जोगिऔँ र अरुलाई पनि जोगाऔँ । दीपावलीको सबैलाई शुभकामना ।’

कमेन्ट गर्नुहोस्
Share: