कास्कीमा थप ७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार कास्कीको पोखरा महानगरपालिकाका ३ जना र रुपा गाउँपालिकाका ४ जना गरी ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिका वडा नं. १ का ५१ वर्षीय पुरुष, वडा नं. २ का २४ र २५ वर्षीया महिला, रुपा गाउँपालिका वडा नं. १ का ६२ वर्षीय पुरुष तथा वडा नं. ३ का ६२, ६५ र ७२ वर्षीया महिला रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ४९७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: