
पोखरा । पोखराका २४ सहित गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान कास्की सहित ३ वटा जिल्लाका २९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरका २४ जना सहित तनहुँका ३ जना र स्याङ्जाका २ जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ३ का ५३ र ३४ वर्षीय पुरुष तथा ४२ र ६८ वर्षीया महिला, वडा नं.४ का २९ वर्षीय पुरुष, वडा नं.६ का ७५, ३७ र ५६ वर्षीय पुरुष तथा ४ वर्षीया बालिका सहित ८१ र ३५ वर्षीया महिला, वडा नं.८ का ३० र ३४ वर्षीय पुरुष, वडा नं.९ का ३६, ३८ र ५७ वर्षीय पुरुष, ५८ वर्षीया महिला, वडा नं.१० का ४६ वर्षीय पुरुष तथा ४ वर्षीया बालिका, वडा नं.११ का ८० वर्षीय पुरुष, वडा नं.१२ का २५ वर्षीय पुरुष, वडा नं. १२ का २५ वर्षीय पुरुष, वडा नं.१५ की ३३ वर्षीया महिला, वडा नं.१७ का ४५ वर्षीय पुरुष, वडा नं.२७ की ४४ वर्षीया महिला रहेका छन् ।
यस्तै तनहुँ शुक्लागण्डकी वडा नं.४ का ३० र ७० वर्षीय पुरुष, व्यास वडा नं.६ का ४६ वर्षीय पुरुष, स्याङ्जा पुतलीबजार वडा नं.२ का ४२ वर्षीय पुरुष र वडा नं.८ का ४० वर्षीय पुरुष रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ५३७ पुगेको छ ।
