कोरोनाः नेपालमा थप १४४२ जनामा संक्रमण, ३५३८ संक्रमणमुक्त, १२ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँका ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ललितपुरका १६८ जना, चितवनका १०५ जना, भक्तपुरका ४८ जना, कास्कीका ३२ जना, मोरङका २९ जना, मकवानपुरका १७ जना, झापा र रुपन्देहीका १६/१६ जना, स्याङ्जाका १५ जना, दाङका १४ जना, तनहुँमा १३ जना र धनुषामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

सर्लाहीमा ९ जना, बाँके र कैलालीमा ८/८ जना, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा ७/७ जना, महोत्तरी, सिराहा, काभ्रे र पाल्पामा ६/६ जना, सप्तरी, गोरखा, बाग्लुङ, कपिलवस्तु र नवलपरासीमा ५/५ जना, बारा र प्युठानमा ४/४ जना, इलाम, रामेछाप र म्याग्दीमा ३/३ जना, धनकुटा, सुनसरी, सिन्धुली, पर्वत, लमजुङ, बर्दिया र दार्चुलामा २/२ जना तथा ताप्लेजुङ, भोजपुर, संखुवासभा, पर्सा, अर्घाखाँची, गुल्मी र रोल्पामा १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२५९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ । ५४ जना भेन्टिलेटरमा र ३ सय २६ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्। क्वारेन्टीनमा रहनेको संख्या ९१० रहेको छ ।

पछिल्लो २४ घण्टामा ६७३१ परिक्षण भएको छ । हालसम्म नेपालमा १६ लाख २३ हजार ७५४ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: