पर्वतमा भीरबाट खसेर एक पुरुषको मृत्यु

Share:

पर्वत । पर्वतमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको महाशीला गाउँपालिका–५ लामेका ५३ वर्षीय नरबहादुर सुनारको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार आफ्नै गाउँका टेकबहादुर सुनारको घरमा भेटघाट गरी फर्केका नरबहादुर घर नआएपछि खोजतलास गर्ने क्रममा बुधबार दिउँसो १ बजे लामे भीरको ३० मीटर तल मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: