गण्डकीमा कोरोनाः बिहीबार थप १४० जनामा संक्रमण, २०२ संक्रमणमुक्त, ४ को मृत्यु

Share:

पोखरा । गण्डकी प्रदेशमा बिहीबार थप १४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ९ वटा जिल्लाका १४० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरका ७७ जना, नवलपुरका २२ जना, बाग्लुङका ११ जना, गोरखाका १० जना, तनहुँका ९ जना, स्याङ्जाका ५ जना, लमजुङका ३ जना, मुस्ताङका २ जना र पर्वतका १ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ६८८ पुगेको छ ।

यस्तै बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको । यससँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५ हजार ९३८ पुगेको छ ।

२४ घण्टामा प्रदेशमा ५२३ परिक्षण भएको छ । हालसम्म प्रदेशमा १० लाख २ हजार २०९ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: