पोखरामा थप ४ कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखरा महानगरपालिकामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखराका ४ वटा वडाका ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा–९ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । उपचारका लागि बिहीबार कोभिड–१९ उपचार केन्द्रमा भर्नाभई उपचाररत ती पुरुषको बिहीबार राति ११ः०० बजे मृत्यु भएको हो । उनमा निमोनिया र मधुमेहको समस्या थियो ।

यस्तै पोखरा २१ का ७५ वर्षीय पुरुषको पनि बिहीबार राति ११ः२० बजे मृत्यु भएको छ । ती पुरुष बिहीबार नै उक्त केन्द्रमा भर्ना भएका थिए । ती पुरुषमा कोरोनासँगै निमोनियाको समस्या थियो ।

शुक्रबार बिहान भर्ना भएका पोखरा–१७ का २९ वर्षीय पुरुषको शुक्रबार मध्यान्ह १२.३० बजे मृत्यु भएको छ । ती पुरुषमा पनि कोरोनासँगै निमोनियाको समस्या थियो ।

यसैगरी शुक्रबार नै कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई उपचाररत पोखरा–१३ का ५५ वर्षीय पुरुषको शुक्रबार बिहान ४ः१५ बजे मृत्यु भएको छ । उनमा निमोनिया, मधुमेह र मृगौलाको समस्या थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: