पोखरामा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखरामा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कास्की र पर्वतका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भई उक्त केन्द्रमा उपचाररत पोखरा महानगरपालिका–१३ का ७९ वर्षीय पुरुषको मंसिर ५ गते राति ११.३० बजे मृत्यु भएको हो । ती पुरुषमा सुगर, प्रेसरलगायतको समस्या समेत रहेको थियो ।

त्यस्तै सोही केन्द्रमा उपचाररत पर्वत जिल्ला मोदी गाउँपालिका–६ का ६१ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान १०ः१० बजे मृत्यु भएको छ । प्रेसर रोगबाट समेत ग्रसित ती पुरुषमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: