
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ जलजला खोलाको पुलबाट लडेर एक जनाको मृत्यु भएको छ ।
भारत अछाम घर भई पर्वतको कुश्मामा बस्दै आएका अंन्दाजी वर्ष ५५ को सन्देन यादवको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार (आज) मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंसिर ४ गते बिहान अन्दाजी ९ बजे पुलबाट लडेर यादव गम्भिर घाइते भएका थिए ।
घटनाको विषयमा थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
