
पोखरा । गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान प्रदेशका ५ जिल्लाका ३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा कास्कीका १३ जना, नवलपुरका ११ जना, पर्वत, तनहुँ र गोरखाका २/२ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ की २५ वर्षीया महिला, वडा नं.४ का २३–२३, ३२ र १८ वर्षीय पुरुष, १० की २० वर्षीया महिला तथा मिलिटरी अस्पताल पोखरामा परिक्षणका लागि आएका ३५, २०, ४४, ४६, ४९, ४१ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै नवलपुरको गैंडाकोट वडा नं.२ का ३८, ४२ र ८१ वर्षीय पुरुष, वडा नं.४ की ५५ वर्षीया महिला, कावासोती वडा नं.२ की ५५ वर्षीया महिला, वडा नं.५ का ३६ वर्षीय पुरुष, वडा नं.८ का ५१ वर्षीय पुरुष, वडा नं.९ की २ वर्षीया बालिका, वडा नं.११ का ३८ वर्षीय पुरुष, वडा नं.१५ का २३ वर्षीय पुरुष, गोरखाको गोरखा नगरपालिका वडा नं.४ का २६ वर्षीय पुरुष, पालुङटार वडा नं.१० की ४४ वर्षीया महिला, तनहुँको भानु वडा नं.६ का ४५ वर्षीय पुरुष, आँबुखैरेनी वडा नं.३ का ५ वर्षीय पुरुष, पर्वतको महाशिला वडा नं.५ का ३४–३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९१ पुगेको छ ।
