विश्वमा एकैदिन १२ हजार कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १४ लाख २६ हजार नाघ्यो

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १४ लाख २६ हजार ८२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर १२ हजार ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या हालसम्म कै उच्च हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ९ हजार २०७ जनालाई संक्रमण पुष्टि भएको छ । यससँगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७ लाख १९ हजार ९३६ पुगेको छ ।

हाल विश्वभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ करोड २० लाख ३० हजार २३४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ३१ लाख ३७ हजार ९६२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७८ लाख ५ हजार २८० जना संक्रमणमुक्त भएका छन् भने त्यहाँ मृत्यु हुनेको संख्या २ लाख ६८ हजार २१९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: