भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ३५ हजार नाघ्यो

Share:

काठमाडौँ । छिमेकी देश भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ३५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ५१८ जना संक्रमितको मृत्यु भएसँगै त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ३५ हजार २६१ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४४ हजार ६९९ जनालाई संक्रमण पुष्टि भएको छ । यससँगै त्यहाँ कूल संक्रमितको संख्या ९२ लाख ६६ हजार ६९७ पुगेको छ।

हालसम्म भारतमा ८६ लाख ७७ हजार ९८६ जना संक्रमण मुक्त भएका छन् ।

भारत कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा धेरै दोस्रो प्रभावित मुलुक हो ।

कमेन्ट गर्नुहोस्
Share: