
पोखरा । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान प्रदेशका ५ वटा जिल्लाका २८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ९ जना, नवलपुरका ६ जना, गोरखाका ५ जना तथा तनहुँ र बाग्लुङका ४/४ जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ६ का ५१ वर्षीय पुरुष, अन्नपूर्ण गाउँपालिकाका ४२, २९ र ३५ वर्षीय पुरुष तथा ३४ वर्षीया महिला, कास्की मोडल अस्पतामा परिक्षणका लागि आएकी ४५ वर्षीया महिला, मिलिटरी अस्पताल पोखरामा परिक्षणका लागि आएका २२ र ४७ वर्षीय पुरुष तथा २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपुर देवचुली वडा नं. ७ का २५ वर्षीय पुरुष, वडा नं.१३ का ५० र ५८ वर्षीय पुरुष, गैंडाकोट वडा नं.१ का ३० वर्षीय पुरुष, वडा नं.१६ का ३४ वर्षीया महिला, कावासोती वडा नं.१६ का ५२ वर्षीय पुरुष, गोरखाको गोरखा नगरपालिका वडा नं.७ का २९ वर्षीय पुरुष, आरुघाट वडा नं.९ का २६, २७ र ३५ वर्षीय पुरुष तथा २५ वर्षीया महिला, तनहुँको व्यास वडा नं.१ की २० वर्षीया महिला, वडा नं.३ की ३८ वर्षीया महिला, वडा नं.४ की ३५ वर्षीया महिला, वडा नं.१० का ३३ वर्षीय पुरुष एवं बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.२ का ४०–४० वर्षीय पुरुष तथा २१ वर्षीया महिला र वडा नं.३ का ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ५०७ पुगेको छ ।
