कास्कीका १९ र तनहुँका थप ३ जनामा कोरोना संक्रमण

Share:

पोखरा । गण्डकी प्रदेशमा २२ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार बिहान कास्की र तनहुँका २२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीका १९ जना र तनहुँका ३ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का ५२ वर्षीय पुरुष, वडा नं. ७ की ४७ वर्षीया महिला, वडा नं.८ का ७६ वर्षीय पुरुष, वडा नं.९ का३४ वर्षीय पुरुष तथा ५२ वर्षीया महिला, वडा नं.१० की १४ वर्षीया बालिका, वडा नं.११ का ६० वर्षीय पुरुष, वडा नं.१२ की ५५ वर्षीया महिला, वडा नं.१३ का ७० वर्षीय पुरुष, वडा नं.१५ की २५ वर्षीया महिला, वडा नं. १७ का ७८ वर्षीय पुरुष तथा ६५ वर्षीया महिला, वडा नं.१८ का २४ वर्षीय पुरुष तथा ४५ र १२ वर्षीया महिला, वडा नं.२५ का ३१ र २८ वर्षीय पुरुष तथा २५ वर्षीया महिला, वडा नं.३२ का ३२ वर्षीया पुरुषमा कोरोना देखिएको छ ।

यस्तै तनहुँको व्यास वडा नं.१ का २५ वर्षीय पुरुष, वडा नं.२ का ३० वर्षीय पुरुष र वडा नं.७ का २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ५२९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: