
नवलपुर । नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा शुक्रबार बिहान दुई पुरुष र एक महिलामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
जिल्लाको गैंडाकोट वडा नं. ५ का ३० वर्षीय पुरुष, कावासोती वडा नं. २ का २५ वर्षीय पुरुष तथा पालिका नखुलेका ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ५५६ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
