पोखरामा उपचाररत स्याङ्जाकी कोरोना संक्रमित महिलाको मृत्यु

Share:

पोखरा । पोखरामा उपचाररत स्याङ्जाकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं. २ की ५८ वर्षीया महिलाको शुक्रबार दिउँसो १ः३० बजे मृत्यु भएको हो ।

ती महिलामा मंसिर १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: