
पोखरा । पोखरामा एक वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
मंसिर ९ गते ७१ वर्षीया एकल वृद्धा महिलालाई बलात्कार गरेको आरोपमा पोखरा १९ पुरन्चौरका ३४ वर्षीय घनश्याम गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार महिला आफ्नै घरभित्र सुतिरहेको अवस्थामा अन्दाजी रातको १० बजे जबरजस्ती घर भित्र पसेर बलात्कार गरेको जाहेरीको आधारमा मंसिर १० गते गिरी पक्राउ परेको हो ।
पक्राउ परेका गिरी बिरुद्ध जबरजस्ती करणी उद्योग कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाईएकोे प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
