
काठमाडौँ । नेपालमा थप एक हजार ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८३४ जना पुरुष र ५४६ जना महिला गरी एक हजार ३६८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँका ४८९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै ललितपुरका १२४ जना, कास्कीका ११८ जना, झापाका ६७ जना, सुनसरीका ५९ जना, रुपन्देहीका ५८ जना, मोरङका ४१ जना, बाँकेका ३७ जना, भक्तपुरका ३६ जना, लमजुङका २४ जना, तनहुँका २२ जना, बागलुङ र काभ्रेका १९/१९ जना, नुवाकोटका १८ जना, स्याङ्जा र नवलपरासीका १७/१७ जना, धादिङ, मकवानपुर र पाल्पाका १५/१५ जना, बर्दिया, चितवन, गोरखा र कपिलवस्तुका १३/१३ जना तथा धनुषाका ११ जनामा कोरोना संक्रमण देखिएको छ ।
दोलखा र सिराहका ९/९ जना, गुल्मीका ८ जना, सप्तरीका ७ जना, ओखलढुंगा, रामेछाप र सर्लाहीका ६/६ जना, सिन्धुपाल्चोक र पाँचथरका ५/५ जना, दाङ, अछाम र डडेल्धुराका ४/४ जना, प्युठान, म्याग्दी, धनकुटा र भोजपुरका ३/३ जना, पर्वत, पुस्ताङ, अर्घाखाँची, इलाम, उदयपुर, सिन्धुली र खोटाङका २/२ जना तथा ताप्लेजुङ, थेह्रथुम, संखुवासभा, पर्सा, बारा, महोत्तरी, रौतहट, नवलपुर, रोल्पा र दैलेखका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।
मन्त्रालयका अनसार पछिल्लो २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५१५ जना संक्रमणमुक्त भएका छन्। यो सहित नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३६८ नमुना परीक्षण भएको छ भने हालसम्म १७ लाख १९ हजार ८२८ परिक्षण भएको छ ।
