पोखरामा उपचाररत थप २ कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखरामा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कास्कीका १ जना र स्याङ्जाका १ जना पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका वडा नं. १८ का ५१ वर्षीय पुरुषको आइतबार राति ०९ः४५ बजे उपचारको क्रममा मृत्यु भएको छ । ती पुरुषमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै मंसिर ११ गते नै कोरोना पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १४ का ६७ वर्षीय पुरुषको सोमबार बिहान ०२ः१० बजे मृत्यु भएको छ ।

यसअघि आजै पोखराका २ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: