कास्कीका ९४ सहित मंगलबार गण्डकीमा थप १२२ जनामा कोरोना संक्रमण, १ को मृत्यु पुष्टि

Share:

पोखरा । कास्कीका ९४ सहित मंगलबार गण्डकी प्रदेशमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार ८ वटा जिल्लाका १२२ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै ९४ जना रहेका छन् । जसमध्ये पोखरा महानगरपालिकाका ८७ जना छन् भने मादी गाउँपालिकाका ७ जना छन् ।

यस्तै नवलपुरका ११ जना, तनहुँका ७ जना, स्याङ्जाका ४ जना, बाग्लुङका ३ जना, तथा गोरखा, म्याग्दी र पर्वतका १/१ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार १८० पुगेको छ ।

यस्तै मंगलबार प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

यससँगै, प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६० पुगेको छ ।

हाल प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ७ हजार २१० रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट १३८ जना संक्रमणमुक्त भएका हुन् । हाल प्रदेशमा ४ हजार ८१० सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनलयका अनुसार प्रदेशमा २४ घण्टामा ५८७ परिक्षण भएको र हालसम्म १ लाख ९ हजार ५४७ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: