
काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख ९८ हजार २९६ पुगेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार गत २४ घण्टामा मात्रै १२ हजार ३०९ संक्रमितको मृत्यु भएको हो । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या हालसम्मकै उच्च हो । यसअघि ११ मंसिरमा एकैदिन १२ हजार संक्रमितको मृत्यु भएको थियो ।
यस्तै गत २४ घण्टामा ६ लाख २७ हजार ९७० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै विश्वमा कुल संक्रमितको संख्या ६ करोड ४८ लाख १६ हजार ७४८ पुगेको छ । संक्रमितमध्ये ४ करोड ४९ लाख २१ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।
हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८३ लाख ९७ हजार २३० रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
कोरोनाले सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा संक्रमितको संख्या १ करोड ४३ लाख १३ हजार ९४१ पुगेको छ । संक्रमितमध्ये ८४ लाख ६२ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ७९ हजार ८६५ पुगेको छ ।
यसैगरी दोस्रो प्रभावित मुलुक भारतमा ९५ लाख ३३ हजार ४७१ जनालाई संक्रमण भएको छ । हालसम्म त्यहाँ १ लाख ३८ हजार ६५७ संक्रमितको मृत्यु भएको छ भने ८९ लाख ७० हजार १०४ जना संक्रमण मुक्त भएका छन् ।
