कांंग्रेस नेता पौडेलले नै उद्घाटन गरे बुल्दीखोलाको पुल

Share:

तनहुँ। नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ व्यास नगरपालिका स्थित बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् । बुधबार (हिजो) उद्घाटन गर्न नपाएको उक्त पुल कांंग्रेस नेता पौडेलले बिहीबार (आज) उद्घाटन गरेका हुन् ।

पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए । कांग्रेसका कार्यकर्ताले उद्घाटन समारोहमा बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजी समेत गरेका थिए ।

बुधबार तनहुँको व्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने उक्त पुल उद्घाटनमा नेता पौडेल जाने भएपछि नेकपा तनहुँ र राष्ट्रिय युवा संघ नेपालले विरोध गरेको थियो ।

पुल उद्घाटन विवादमा परेसँगै प्रशासनले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर निषेधाज्ञाका बावजुत पौडेल पुल उद्घाटन गर्न पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर ३ घण्टापछि छाडेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: