कास्कीका ४५ सहित गण्डकीमा थप ७७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ४५ सहित गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार दिउँसो प्रदेशका ६ वटा जिल्लाका ७७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ४५ जना, लमजुङका १३ जना, बाग्लुङका १० जना, तनहुँका ६ जना, पर्वतका २ जना तथा म्याग्दीका १ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का २८, ९५ र ३० वर्षीय पुरुष तथा २६ वर्षीया महिला, वडा नं.२ का २८ महिनाका बालक सहित ६० र ७२ वर्षीय पुरुष तथा ८७ वर्षीया महिला, वडा नं.४ का ३७ वषीय पुरुष, वडा नं.५ का २२ र ४२ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं. ६ का २८ वर्षीय पुरुष, वडा नं.७ का ३२ वर्षीय पुरुष, वडा नं.८ का १८ वर्षीय पुरुष, वडा नं.१० का ७८ वर्षीय पुरुष, वडा नं. ११ का २३, २५ र ५७ वर्षीया महिला, वडा नं.१३ का १३ र २५ वर्षीय पुरुष, वडा नं.१४ का १३, २२ र ९० वर्षीय पुरुष तथा १९ वर्षीया महिला, वडा नं.१५ का ४० वर्षीय पुरुष तथा ५१ र ५८ वर्षीया महिला, वडा नं.१६ का २७ वर्षीय पुरुष तथा २६ वर्षीया महिला, वडा नं.१७ का ५३, ८६, ४८–४८ र २४ वर्षीय पुरुष तथा २१, २३ र २७ वर्षीया महिला, वडा नं. १९ की ४१ वर्षीया महिला, वडा नं.२२ का ४६ वर्षीय पुरुष, वडा नं.२६ का २९ वर्षीय पुरुष तथा ३७ वर्षीया महिला, वडा नं.३० का २० वर्षीय पुरुष तथा २४ वर्षीया महिला, माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

यस्तै लमजुङको बेशीसहर वडा नं.७ का ५२ वर्षीय पुरुष, वडा नखुलेका ४० र ४१ वर्षीय पुरुष तथा ३०, २६ र ३९ वर्षीया महिला, सुन्दरबजारका ३५ वर्षीय पुरुष, दुधपोखरीका ८० वर्षीय पुरुष, राइनासका ३४, २४, ५१ र ६८ वर्षीय पुरुष तथा २४ वर्षीया महिला, बाग्लुङको गल्कोट वडा नं.७ का ३४ वर्षीय पुरुष, बाग्लुङ नगरपालिका वडा नं.२ का ५१ र ४५ वर्षीय पुरुष, वडा नं.३ का ४४ वर्षीय पुरुष, वडा नं.४ की ६६ वर्षीया महिला, जैमिनी वडा नं. १ का २६ र २७ वर्षीय पुरुष तथा २७ र ४२ वर्षीया महिला, काठेखोलाका ६५ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी वडा नं. ५ की ६७ वर्षीया महिला, वडा नखुलेका ३६, ४३ र ३४ वर्षीय पुरुष तथा २० र २९ वर्षीया महिला, पर्वतको कुश्मा वडा नं.१३ की १३ वर्षीया बालिका, फलेबासका ३८ वर्षीय पुरुष, एवं म्याग्दीको बेनी वडा नं.३ का ६२ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५५६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: