आज देशभरको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । देशका केही स्थानमा आइतबार मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल भारतको बिहार र आसपासमा रहेको न्यून चापीय प्रणाली रहेको र त्यसको केही प्रभाव नेपालमा पनि परेको मौसमविदले बताएका छन् ।

अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।

आइतबार दिउँसो प्रदेश १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदूरपश्चिमी प्रदेशका पहाडी भू–भागमा र प्रदेश २ मा आंशिक बदली हुनेछ । अरु स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति प्रदेश १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना हुनुका साथै प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: