कास्कीका ३७ सहित गण्डकीमा थप ६० जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ३७ सहित गण्डकी प्रदेशमा थप ६० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आइतबार दिउँसो प्रदेशका ६ वटा जिल्लाका ६० जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ३७ जना, नवलपुरका १४ जना, तनहुँका ५ जना, म्याग्दीका २ जना तथा गोरखा र स्याङ्जा एक/एक जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का २५ वर्षीय पुरुष, वडा नं.२ की ६३ वर्षीया महिला, वडा नं.५ का ६५ वर्षीय पुरुष तथा ३५ वर्षीया महिला, वडा नं.७ का ६९ वर्षीय पुरुष, वडा नं.८ का ३० र १९ वर्षीय पुरुष तथा २७, ६१ र ७३ वर्षीया महिला, वडा नं.९ का ६८ वर्षीय पुरुष तथा ६३, ३८ र ३९ वर्षीया महिला, वडा नं.१० का ९ वर्षीय बालक सहित ४४ र ४८ वर्षीय पुरुष तथा ३४ वर्षीया महिला, वडा नं.१२ का ४१ वर्षीय पुरुष, वडा नं.१५ का ४४ र २० वर्षीया महिला, वडा नं.१७ का ९–९ वर्षीय दुई बालक सहित ३०, १७ र ३४ वर्षीय पुरुष, वडा नं.१९ का ४४ र ३८ वर्षीय पुरुष, वडा नं.२१ का ३८ वर्षीय पुरुष, वडा नं.२६ का ५० वर्षीय पुरुष, वडा नं.३२ की ४२ वर्षीया महिला, वडा नं.३३ का २९ वर्षीय पुरुष एवं रुपा गाउँपालिकाका ५२, ७२ र ४८ वर्षीया महिलामा कोरोना संक्रमण भएको छ ।

यस्तै, नवलपुरको हुप्सेकोट वडा नं. २ का ४४ वर्षीय पुरुष, वडा नं.३ का ३५, ३४, ३८ र २७ वर्षीय पुरुष तथा ४९ र ३७ वर्षीया महिला, वडा नं.४ का २२, २७–२७ र २९ वर्षीया महिला, वडा नं.५ का २२ वर्षीय पुरुष, वडा नं.६ का ३० वर्षीय पुरुष, वडा नं. १७ का २५ वर्षीय पुरुष, म्याग्दीको बेनी वडा नं.७ का ४९ र २६ वर्षीय पुरुष, गोरखाको गोरखा नगरपालिका वडा नं. १ की ४२ वर्षीया महिला एवं स्याङ्जाको पुतलीबजार वडा नं.२ का ४१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै गण्डकी प्रदेशमा कारोना संक्रमित हुनेको संख्या १२ हजार ६९३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: