रुपाताल माथि झोलुङ्गे पुल

Share:

लेखनाथ । कास्कीको दोस्रो ठूलो रुपाताल माथि पोखरा ३१ को पचभौया र रुपा गाउँपालिकाको वडा नं ६ को भंगरालाई जोड्ने गरि झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।

रुपाताल माथी झोलुङ्गे पुल निर्माण गरि रुपा र लेखनाथलाई जोड्ने स्थानियहरुको वर्षै देखिको सपना अबका केही दिनमा पुरा गर्ने गरि रुपतालको सिमलडाँडा साघुरेघाटमा दुई सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिने भएको हो ।

ताल माथि झोलुङ्गे पुल निर्माण भएपछि त्यस क्षेत्रका स्थानियहरुलाई आवत जावतका लागि सहज र छोटो दुरी हुने एवंम ताल माथीको झोलुङ्गे पुल हेर्न कै लागि पर्यटकहरुको पनि आर्कषण बढ्ने विश्वास स्थानियहरुले लिएका छन् ।

तालभन्दा करिव ६०÷६५ मिटर माथी निर्माण गर्न लागिएको झोलुङ्गे पुलको आईतबार संघिय सांसद खगराज अधिकारी र रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।

तालमाथि बन्ने झोलुङ्गे पुलको शिलन्यास कार्यक्रममा बोल्दै सांसद तथा पुर्व स्वास्थ्य मन्त्रि खगराज अधिकारीले पुलले जसरी दुई ठाउको दुरीलाई नजिक गर्छ त्यसै गरि विकास निर्माणका सवालमा पनि जनतालाई नजिन बनाउने विश्वास ब्यक्त गर्दै विकास समयको माग भएकाले यसले दिर्घकालिन प्रभाव राख्नेमा जोड दिएका थिए ।

सोही अवसरमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विकासमा तेरो र मेरा नभनी हातेमालो गरेर अगाडी बढ्न आग्रह गर्दै तालमाथि बन्ने झोलुङ्गे पुललाई पर्यटनसँग जोडेर आय आर्जनको क्षेत्रमा पनि जोड्न सक्नु पर्ने सुझाब राखेका थिए ।

कार्यक्रममा जिल्ला समोन्वय समिति कास्कीकी उप प्रमुख सावित्री पौडेल, नेपाली कांग्रेस कास्कीका सचिव ध्रुवनाथ अधिकारी, नेकपाका जिल्ला सदस्य संकरनाथ पौडेल, नेकपा वडा नं ३१ का अध्यक्ष गणेश बहादुर थापा, स्थानिय समाजसेवी बासुदेव लामिछाने र निर्माण कम्पनीका प्रतिनिधी लंकसेर राई लगायतले गुणस्थरीय र निर्धारीत समयमा नै पुल निर्माणको काम हुनु पर्नेमा जोड दिएका थिए ।

पोखरा महानगरपालिका वडा नं ३१ का वडाअध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य स्थानिय देउराली नमुना आमा समुहकी अध्यक्ष सुनिता थापाले गरेकी थिईन् भने कार्यक्रम संचालन वडा सचिव रामचन्द्र पौडेलले गरेका थिए ।

भौतिक योजना मन्त्रालय अन्तरगत गण्डकी प्रदेश सरकारको पहलमा करिव एक करोड ३६ लाख ९६ हजार सात सयको लागतमा निर्माण हुने झोलुङ्गे पुल यसै आर्थीक वर्ष भित्र सम्पन्न गरि सक्ने योजना रहेको छ । पुलको कुल लम्बाई करिव दुई सय ६९ मिटर लम्बाई र एक मिटर २५ सेन्टीमिटर चौडाई रहने छ ।

कमेन्ट गर्नुहोस्
Share: