पोखरामा उपचाररत थप ४ कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखराको विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्थित चरक मेमोरियल अस्पतालमा दुई जना, मणिपाल शिक्षण अस्पताल र फिस्टेल अस्पतालमा एकएक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिकाका ३ जना र तनहुँको शुक्लागण्डकी नगरपालिकाका एक जना रहेका छन् ।

मणिपाल शिक्षण अस्पताल उपचाररत पोखरा– १० का ८१ वर्षीय संक्रमित पुरुषको बिहीबार बिहान ३ बजे मृत्यु भएको छ । ती पुरुषमा मंसिर २० गते कोरोना पुष्टि भएको थियो ।

पोखरा– १३ का ५१ वर्षीय संक्रमित पुरुषको फिस्टेल अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ५ः२५ बजे मृत्यु भएको हो । ती पुरुषमा मंसिर १९ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै, पोखरा– ७ का ६५ वर्षीय संक्रमित पुरुषको चरक मेमोरियल अस्पतालमा बुधबार बेलुका ७ बजे मृत्यु भएको छ । ती पुरुषमा बुधबार नै कोरोना पुष्टि भएको थियो ।

चरक मेमोरियल अस्पताल, पोखरामै उपचाररत तनहुँ–८ का ७४ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । मंसिर २२ गते कोरोना पुष्टि भइ उक्त अस्पतालमा उपचाररत ती पुरुषको बिहीबार बिहान ३ः१५ बजे मृत्यु भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कारोना संक्रमित मृतकको संख्या १८० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: