कोरोना भाइरसः भारतमा मृतक संख्या एक लाख ४२ हजार नाघ्यो

Share:

काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४२ हजार नाघेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट ४१४ जनाको मृत्यु भएसँगै मृतक संख्या एक लाख ४२ हजार १८६ पुगेको छ ।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ३९८ जना संक्रमित पुष्टि भएको छ ।

यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ९७ लाख ९६ हजार ७७० पुगेको छ ।

भारतमा अहिलेसम्म ९२ लाख ९० हजार ८३४ जना संक्रमण मुक्त भएका छन् । २४ घण्टामा मात्रै ३७ हजार ५२८ जना संक्रमण मुक्त भएका हुन् ।

हाल भारतमा ३ लाख ६३ हजार ७४९ संक्रमित उपचारत रहेका छन् ।

भारत कोरोना संक्रमणबाट विश्वकै सबैभन्दा धेरै दोस्रो प्रभावित मुलुक हो ।

कमेन्ट गर्नुहोस्
Share: