पोखरामा आजदेखि पार्किङ शुल्क लाग्ने

Share:

पोखरा । पोखरा महानरगपालिमा सःशुल्क पार्किंङ आज (आइतबार) देखि सुरु भएको छ । करिब २ वर्षसम्म रोकिएको सशुल्क पार्किङ आइतबारदेखि पुनः सुरु भएको हो ।

सशुल्क पार्किङ व्यवस्थापनको काम फेवा सावित्री जेभीले ३ करोड १६ लाख ७० हजार रुपैँयामा ठेक्का पारेको हो । यसको अवधी २ वर्ष रहनेछ ।

संचालक समितिका अध्यक्ष इन्द्र गुरुङका अनुसार पार्किङ लाई डिजिटलाइज गर्ने गरि पोखरा महानगरपालिकाको स्मार्ट कार्ड प्रयोग गर्न मिल्ने सिस्टम तयार गर्ने तयारी भैरहेको छ ।

महानगरपालिका अनुसार चार पांग्रे अन्तरगत ठूला सवारी साधनलाई प्रतिघण्टा ३० रुपैंया र हलुका सवारी साधन ट्याक्सीलाई प्रतिघण्टा २० रुपैंयाको दरले पार्किङ शुल्क लिइने भएको छ ।

मझौला सवारी साधनलाई पनि प्रति घण्टा रु ३० रुपैँया शुल्क तोकिएको छ ।

यस्तै दुइ पांग्रे मोटर साइकल र स्कुटरलाई एकदिनको १० रुपैया शुल्क लाग्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: