
कास्की । नेपाल विद्यार्थी संघ कास्कीले आईतबार पोखरामा सिठ्ठी जुलुस निकालेको छ ।
नेपाली कांग्रेसको आयोजनामा मंसिर २९ हुने विरोध कार्यक्रमलाई सफल बनाउन ने.वि संघले सिठ्ठी जुलुसको आयोजना गरेको हो । नेपाल विद्यार्थी संघको केन्द्रिय समितीको ७७ वटै जिल्लामा कार्यक्रम गर्ने परिपत्र अनुसार कास्कीको सिठ्ठी जुलुस निकालिएको पृथ्वी नारायण क्याम्पसका ने. वि संघ सभापती दिपक शर्मा वाग्लेले बताए ।
कोरोना महामारीको समयमा सरकार सुतिरहको जस्तो देखिएकोले सिठ्ठीको आवाजले मार्फत उठाउन जुलुस निकालिएको उनले बताए । नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सुरु भएको जुलुस महेन्द्रपुल चिप्लेढुङ्गा हुदै वि.पि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई नेपाली कांग्रेसका सभापती कृष्ण के.सीले सम्बोधन गरेका थिए । कोणसभामा ने.वि संघका पूर्व केन्द्रिय सदस्य सरोज के.सी, पृथ्वी नारायण क्याम्पसका ने. वि संघ सभापती दिपक शर्मा वाग्ले र पोखरा विश्व विद्यालयका सभापती फिरोज सुवेदी लगाएतले पनि बोलेका थिए ।
नेपाल विद्यार्थी संघ कास्कीका निवर्तमान सभापती विकाश थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन ने.वि संघका पूर्व सभापती विक्रम आदित्य गिरीले गरेका थिए ।
