आज देशका केही क्षेत्रमा आंशिक बदली हुने

Share:

पोखरा । देशका केही क्षेत्रमा मंगलबार (आज) आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले केही क्षेत्रमा आंशिक बदली रहेपनि अन्य ठाउँको मौसम सफा रहने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको हो ।

अहिले बिहान तराईको अधिकांश भूभागमा कुहिरो र हुस्सु लागेको छ।

दिउँसो प्रदेश १, प्रदेश २ तथा बागमति प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यताया सफा रहेनछ।

यस्तै, राति प्रदेश १, २, बागमति प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली रहने र बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: