कोरोना: बुधबार कास्कीका ३८ सहित गण्डकीमा थप ६१ जनामा संक्रमण, ३७ संक्रमणमुक्त, २ को मृत्यु पुष्टि

Share:

पोखरा । बुधबार (आज) कास्कीका ३८ सहित गण्डकी प्रदेशमा थप ६१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका ६१ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै ३८ जना रहेका छन् । उनीहरुमध्ये ३६ जना पोखरा महानगरपालिकाका हुन् भने २ जना माछापुच्छ्रे गाउँपालिकाका हुन् ।

यस्तै, गोरखाका ७ जना, तनहुँका ६ जना, लमजुङका ५ जना, स्याङ्जाका ३ जना, बाग्लुङ र पर्वतका १/१ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ५८३ पुगेको छ ।

संक्रमितमध्ये गण्डकीमा ११ हजार ७६५ जना निको भएका छन् । प्रदेशभरबाट गत २४ घण्टामा मात्र जम्मा ३७ जना संक्रमणमुक्त भएका हुन् ।

यसैगरी, गत २४ घण्टामा कोरोना संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।

हाल प्रदेशमा १६३२ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा २७८ परिक्षण भएको र हालसम्म १ लाख १५ हजार ६०४ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: