
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ करोड ५२ लाख नाघेको छ ।
गत २४ घण्टामा मात्रै ७ लाख २१ हजार ३९२ संक्रमित थपिएसँगै विश्वमा संक्रमितको संख्या ७ करोड ५२ लाख ६० हजार ४६७ पुगेको वल्र्डाेमिटर्सले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १२ हजार ८२५ संक्रमितको मृत्यु भएको छ । यो सहित विश्वभर कोरोना संक्रमित मृतकको संख्या १६ लाख ६७ हजार ४३५ पुगेको छ ।
हालसम्म विश्वभर ५ करोड २८ लाख ३८ हजार १८९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ४ लाख ७७ हजार ४८४ जना संक्रमणमुक्त भएका हुन् ।
हाल विश्वभर २ करोड ७ लाख ५४ हजार ८४३ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ७ हजार ९५ गम्भिर बिरामी छन् ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ७६ लाख २६ हजार ७७० पुगेको छ । संक्रमितमध्ये १ करोड २ लाख ९१ हजार ५७ जना संक्रमणमुक्त भएका छन् ।
त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख १७ हजार ९२८ पुगेको छ ।
हाल अमेरिकामा ७० लाख १७ हजार ७८५ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार २०६ गम्भिर बिरामी छन् ।
