सुनचाँदीको भाउ बढ्यो, कति छ आज?

Share:

पोखरा । सुनको भाउ शुक्रबार (आज) प्रतितोला ८०० रुपैयाँले बढेको छ । सुन आज तोलाको ९४ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी १ हजार २५५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: