
काठमाडौँ । नेपालमा थप ७१० जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४०४ पुरुष र ३०६ जना महिला गरी ७१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।
उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै १ हजार १७५ जना संक्रमणमुक्त भएका हुन्
यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ ।
हाल देशभर ८ हजार ८४० संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ४२१ जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ७८० नमुना परीक्षण भएको छ भने हालसम्म १८ लाख ६६ हजार २१० परीक्षण भएको छ ।
