‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को उपाधि सुमी र विजुलाई

Share:

काठमाडौँ । विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्की (सुविजु टिम) ले जितेका छन् ।

शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् ।

उपाधीसँगै उनीहरुले २० लाख पुरस्कारका साथै विभिन्न गिफ्ट ह्याम्पर समेत पाएका छन् । विजेतालाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए ।

फस्ट रनरअपको उपाधि बुद्ध लामा र केविका गुरुङ (बुद्धिका टिम) ले प्राप्त गरेका छन्, भने सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल (प्रियम टिम) बनेका छन् । उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रशारण हुँदै आएको थियो ।

शोमा निर्णायकको रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई रहेका थिए । शोमा १२ जना स्टार प्रतिस्पर्धीहरुको सहभागीता थियो ।

१२ जना स्टार प्रतिस्पर्धी र उनीहरुको कोरियोग्राफर पार्टनरको डान्स प्रस्तुती दर्शकले हरेक हप्ता टेलिभिजनमा हेर्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: