विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख नाघ्यो, १७ लाख २२ हजारको मृत्यु

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ७ करोड ८३ लाख नाघेको छ ।

गत २४ घण्टामा थप ६ लाख ४ हजार ९७३ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख ४६ हजार ४५१ पुगेको वल्र्डाेमिटर्सले जनाएको छ ।

यस्तै, गत २४ घण्टामा १३ हजार १८० संक्रमितको मृत्यु भएको छ । यससँगै विश्वभर कोरोना संक्रमित मृतकको संख्या १७ लाख २२ हजार ८९७ पुगेको छ ।

हालसम्म विश्वभर ५ करोड ५१ लाख ११ हजार ९३८ जना निको भएका छन् । गत २४ घण्टामा मात्र ५ लाख ११ हजार ६९४ जना संक्रमणमुक्त भएका हुन् ।

हाल विश्वभर २ करोड १५ लाख ११ हजार ६१६ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार ३४९ गम्भिर बिरामी छन् ।

सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको अमेरिकामा संक्रमितको संख्या १ करोड ८६ लाख ८४ हजार ६२८ पुगेको छ ।

त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ३० हजार ८२४ पुगेको छ ।

हालसम्म अमेरिकामा १ करोड ९ लाख ४५ हजार ९७ जना संक्रमणमुक्त भएका छन् ।

हाल अमेरिकामा ७४ लाख ८ हजार ७०७ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ३९३ गम्भिर बिरामी छन् ।

कमेन्ट गर्नुहोस्
Share: