नेकपाका दुवै पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दै

Share:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी ओली र प्रचण्ड–नेपाल दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा र प्रचण्ड–नेपाल समूहको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि बस्न लागेको हो ।

यसअघि गत मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक आयोजना गरेका थिए ।

ओली समूहले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

यस्तै, प्रचण्ड–नेपाल समूहले भने अध्यक्ष पदबाट केपी शर्मालाई ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: