सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार?

Share:

पोखरा । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १०० रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: