पोखरामा उपचाररत तनहुँका थप एक कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखरामा उपचाररत तनहुँका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का ७१ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ विज्ञान प्रतिठानमा उपचारका क्रममा बिहीबार दिउँसो १ बजे मृत्यु भएको हो । ती पुरुषमा पुस ४ गते कोरोना पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९१ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: