
काठमाडौँ । नेपालमा थप ६०८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७१ जना पुरुष र २३७ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म २ लाख ४८ हजार २९२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ८९२ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८१६ पुगेको छ ।
हाल देशभर ७०९२ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा ३६९ जना रहेका छन् ।
देशभरको प्रयोगशालामा गत २४ घण्टामा मात्र ४ हजार १४२ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ३९२ परिक्षण भएको छ ।
