भारतमा थप २२ हजार ३५० जनामा कोरोना पुष्टि

Share:

पोखरा । छिमेकी मुलुक भारतमा थप २२ हजार ३५० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड १ लाख ६९ हजार ८१८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २५१ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ३७९ पुगेको छ ।

हालसम्म भारतमा ९७ लाख ३९ हजार ३८२ जना निको भएका छन् । गत २४ घण्टामा २२ हजार १८४ जना संक्रमणमुक्त भएका हुन् ।

हाल भारतमा २ लाख ८३ हजार ५७ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डाेमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: