
पोखरा । कास्कीका ३३ सहित गण्डकी प्रदेशमा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार दिउँसो प्रदेशका ८ वटा जिल्लाका ५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै ३३ जना रहेका छन् । ती मध्ये मादी गाउँपालिकाका एक जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, गोरखाका १० जना, म्याग्दीका ४ जना, पर्वत र तनहुँका २/२ जना, बाग्लुङ, लमजुङ र स्याङ्जाका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ३ की ३५ वर्षीया महिला, वडा नं. ४ का ४६ वर्षीय पुरुष, वडा नं. ५ की २२ वर्षीया महिला, वडा नं. ६ का २६ र ८८ वर्षीय पुरुष, वडा नं. ८ का ६८ वर्षीय पुरुष तथा १६ वर्षीया महिला, वडा नं. ९ का ३३ वर्षीय पुरुष तथा २६ र ३१ वर्षीया महिला, वडा नं. १० का १६ र ५० वर्षीय पुरुष तथा ७५, ५१, २१, ४४, ४५ र ५३ वर्षीया महिला, वडा नं. ११ का ३८ र ५२ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, वडा नं. १२ का ६९ वर्षीय पुरुष, वडा नं. १३ की ६५ वर्षीया महिला, वडा नं. १४ का ५७ वर्षीय पुरुष, वडा नं. १६ की ७३ वर्षीया महिला, वडा नं. १७ की ५० वर्षीया महिला, वडा नं. १९ का ५१ वर्षीय पुरुष, वडा नं. २६ का ६३ वर्षीय पुरुष, वडा नं. ३० का ४५ वर्षीय पुरुष, वडा नखुलेका ७६, ५९ र ३५ वर्षीया महिला र मादी गाउँपालिका वडा नं.१२ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै, गोरखाको सिरानचोक वडा नं.२ का ४५ वर्षीय पुरुष, गण्डकी गाउँपालिका वडा नं.७ का ४५ वर्षीय पुरुष, वडा नं.८ की २२ वर्षीया महिला, गोरखा नगरपालिका वडा नं.१ का २७ वर्षीय पुरुष, वडा नं. ३ का ५१ वर्षीय पुरुष, वडा नं.५ का २४ वर्षीय पुरुष, वडा नं.६ का १८ वर्षीय पुरुष तथा ४० र ७७ वर्षीया महिला, वडा नं.७ का ४४ वर्षीय पुरुष, म्याग्दीको मंगला वडा नं.१ की ३८ वर्षीया महिला, मालिका वडा नं.६ का ३७ वर्षीय पुरुष, बेनी वडा नं. ७ का ३३–३३ वर्षीय पुरुष, पर्वतको मोदी गाउँपालिका वडा नं. ५ का ६८ वर्षीय पुरुष, कुश्मा वडा नं. ६ की २२ वर्षीया महिला, तनहुँको शुक्लागण्डकी वडा नं. ६ का ४२ वर्षीय पुरुष, भिमाद वडा नं.३ का ७२ वर्षीय पुरुष, बाग्लुङको जैमिनी वडा नं.३ का ३१ वर्षीय पुरुष, लमजुङको सुन्दरबजार वडा नं.१० की ५९ वर्षीया महिला, स्याङ्जाको पुतलीबजार वडा नं. १३ का ६५ वर्षीय पुरुष कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ३०९ पुगेको छ ।
