कास्कीका ६० सहित गण्डकीमा थप ८८ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ६० सहित गण्डकी प्रदेशमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार प्रदेशका ७ वटा जिल्लाका ८८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै ६० जना रहेका छन् । ती मध्ये मादी र माछापुच्छ्रे गाउँपालिकाका एक/एक जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, नवलपुरका १३ जना, तनहुँ र गोरखाका ६/६ जना, बाग्लुङ, म्याग्दी र स्याङ्जाका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ की ६४ वर्षीया महिला, वडा नं.२ का ५५ वर्षीय पुरुष, वडा नं.३ का ४१ वर्षीय पुरुष, वडा नं. ५ का २० वर्षीय पुरुष तथा ३७ र २३ वर्षीया महिला, वडा नं.६ का ६८ र ४५ वर्षीय पुरुष, वडा नं. ७ की ४४ वर्षीया महिला, वडा नं.८ का ६१ वर्षीय पुरुष तथा ३७ र ४४ वर्षीया महिला, वडा नं. ९ का ५० वर्षीय पुरुष, वडा नं.१० का ४ वर्षीय बालक सहित २९–२९ र ३४ वर्षीय पुरुष तथा ४१ वर्षीया महिला, वडा नं. ११ की ४६ वर्षीया महिला, वडा नं. १२ की ८३ वर्षीया महिला, वडा नं.१३ की २२ वर्षीया महिला, वडा नं.१४ का ३४, ७२ र ४० वर्षीय पुरुष तथा ६ वर्षीया बालिका सहित ३८ र ५१ वर्षीया महिला, वडा नं.१७ का ४१, ५४ र ६१ वर्षीय पुरुष, वडा नं.२५ का ५१, ६०, ५१, ३८, २३, ४२, ३१, ३३, ३१, ३३, ४७, ३८, ३३, ३७ र ५५ वर्षीय पुरुष, वडा नं. २७ का ८६ वर्षीय पुरुष तथा १७ वर्षीया महिला, वडा नं. २९ का ३७ र ६८ वर्षीय पुरुष, गण्डकी मेडिकल कलेजमा ३३ र ४३ वर्षीय पुरुष तथा २४ र ३१ वर्षीया महिला, वडा नखुलेका २३ र ४२ वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, मादी गाउँपालिकाका ५१ वर्षीय पुरुष, माछापुच्छ्रे गाउँपालिका वडा नं.२ की १२ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, नवलपुरको कावासोती वडा नं.१ की ६६ वर्षीया महिला, वडा नं.२ का २३ र ३२ वर्षीया महिला, वडा नं.८ का ४ र १० वर्षीय बालक सहित ३१, ४२, ३५ र ५३ वर्षीय पुरुष तथा ३० र ३१ वर्षीया महिला, वडा नं.१० का २५ वर्षीय पुरुष, वडा नं.१४ का ४० वर्षीय पुरुष, तनहुँको भानु वडा नं.१ की २७ वर्षीया महिला, शुक्लागण्डकी वडा नं.५ का ४४ र ४२ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, वडा नं. ६ का ३७ वर्षीय पुरुष तथा १७ वर्षीया महिला, गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं.१ का २७ र ४५ वर्षीय पुरुष, गोरखा नगरपालिका वडा नं.५ का ३२ वर्षीय पुरुष, वडा नं.११ की ३७ वर्षीया महिला, शहिदलखन गाउँपालिका वडा नं.७ का ३७ वर्षीय पुरुष तथा ३४ वर्षीया महिला, बाग्लुङको धौलागिरी अस्पतालमा ५५ वर्षीय पुरुष, म्याग्दीको मंगला वडा नं.२ की १८ वर्षीया महिला एवं स्याङ्जाको पुतलीबजार वडा नं.३ की ४५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ५२९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: