
काठमाडौं, माघ १५ । विश्वकप क्रिकेटको फाइनलमा बराबरी भएको खण्डमा सुपर ओभरको आधारमा बिजयेता घोषित हुने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको आज दुबईमा बसेको बैठकले सुपर ओभरबाट विजेता घोषित गर्ने निर्णय गरेको हो । सुपर ओभरको प्रावधान अन्तर्गत खेल बराबरीमा टुंगिएको खण्डमा दुबै टीमले तीनजना बाट्सम्यानको नाम घोषणा गर्नुपर्नेछ भने बिपक्षी टीमले एकजना बलरको नाम घोषणा गर्नुपर्ने हुन्छ ।
ओभर पूरा हुनुभन्दा पहिले दुई विकेट गुमाउने टीमले हार बेहोर्नुपर्ने सुपर ओभरको नियम हो । यस अघि आईसीसीले बिश्वकपमा सुपर ओभरको प्रावधान हटाएको थियो ।
आगामी फेबु्रअरी १४ देखि २९ मार्चसम्म हुने बिश्वकप क्रिकेटको आयोजना अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्देछ ।
