कोरोनाः विश्वभर संक्रमितको संख्या ८ करोड ४३ लाख नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८ करोड ४३ लाख नाघेको छ ।

वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा ५ लाख ६१ हजार ९१३ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको संख्या ८ करोड ४३ लाख ६२ हजार १५२ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर ५ करोड ९६ लाख २४ हजार ९०५ जना निको भएका छन् । गत २४ घण्टामा मात्र ३ लाख ४ हजार ९८ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ४७० संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ लाख ३४ हजार ४८६ पुगेको छ ।

हाल विश्वभर २ करोड २९ लाख २ हजार ७६१ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार ५५३ गम्भिर बिरामी छन् ।

सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ६ लाख १७ हजार ३४६ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड २१ लाख ७५ हजार ८४१ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ५६ हजार ४४५ पुगेको छ ।

हाल अमेरिकामा ८० लाख ८५ हजार ६० सक्रिय संक्रमित छन् । ती मध्ये २९ हजार ४०५ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: